‘विद्यार्थीको विश्वासिलो कन्सल्टेन्सी बिकन’: कार्यकारी निर्देशक अर्याल

रुद्रप्रसाद अर्याल
कार्यकारी निर्देशक, बिकन प्रिमियर इन्टरनेसनल एजुकेशन
Mr. Rudra Prasad Aryal
Executive Director, Beacon Premier International Education Pvt. Ltd.


पोखरा सिद्धार्थचोक स्थित बिकन प्रिमियर इन्टरनेसनल एजुकेशन नेपालकै उत्कृष्ट शैक्षिक परामर्शदाता संस्थाको रुपमा स्थापित छ । लामो समयदेखि विद्यार्थी र अभिभावकको मन जित्दै आएको बेकनले आफूलाई विश्वासिलो संस्थाका रुपमा दर्ज गरेको छ ।


विशेषतः उच्च शिक्षा अध्ययनका लागि न्यूजिल्याण्ड, अष्ट्रेलिया, युके र क्यानडालाई प्राथमिकतामा राख्दै आएको छ । बिकन प्रिमियरका कार्यकारी निर्देशक रुद्रप्रसाद अर्याल सही परामर्श र विद्यार्थीहरुलाई गन्तव्य राष्ट्र पुगिसकेर पनि निरन्तर साथ र सहयोगकै कारण बेकन विद्यार्थी र अभिभावकको लागि विश्वासिलो संस्था बनेको बताउँछन् ।


वैदेशिक शिक्षाका लागि गर्नुपर्ने तयारी, विद्यार्थी र अभिभावकहरुले विदेश जानुपूर्व गर्नुपर्ने तयारी, अपनाउनुपर्ने सतर्कतालगायतका बारेमा पहिल्यै जानकारी गराउने भएका कारण पनि विद्यार्थीहरुलाई समस्या नहुने अर्यालको दाबी छ ।


उनी भन्छन्ः विद्यार्थी र अभिभावकहरुलाई वैदेशिक शिक्षाको अवसर र चुनौतिबारे मसिनो गरी बुझाउँछौं । बिकन नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृत भएकाले यो विश्वसनीय संस्था हो । बिकन विशेषतः न्यूजिल्याण्ड, अष्ट्रेलिया, युके र क्यानडा गरेर ४ देशमा बढी फोकस छ । विद्यार्थीले भनेको देश भन्दा पनि विद्यार्थीको भविष्य र गुणस्तरियतालाई ध्यानमा राखेर विद्यार्थीलाई सुझाव प्रदान गर्ने उनको भनाई छ ।


बिकन के हो ? उनकै शब्दमाः


बिकन प्रिमियर इन्टरनेसनल एजुकेशन नेपाल सरकार शिक्षा मन्त्रालयबाट वैदेशिक शिक्षाका लागि परामर्श दिने र त्यसका लागि आवश्यक तयारीहरु आइएलटिएस लगायतका तयारीहरु गराउन आधिकारिक संस्था हो । न्यूजिल्याण्डको लागि हामी ट्रेण्ड एजेन्ट सर्टिफाइड काउन्सिलर हौं ।


न्यूजिल्याण्ड सरकारको आधिकारिक निकाय एजुकेशन न्यूजिल्याण्डबाट ‘एजुकेशन न्यूजिल्याण्ड रिकग्नाइज एजेन्सी’को रुपमा सर्टिफाइड भएको आधिकारिक संस्था बिकन हो । यसले विद्यार्थीलाई सही सूचना र मार्ग्निर्देशन गर्ने, सही तरिका, सहि विधि र विद्यार्थीलाई एकदमै राम्रो भिसा लगाउन सफल संस्था हो भन्ने प्रमाणित भएपछि एजुकेशन न्यूजिल्याण्डले हामीलाई सर्टिफाइड गरेको छ । अष्ट्रेलियाका लागि पनि हामी सर्टिफाइड कन्सल्टेन्ट हौं । संस्था स्थापना भएदेखि नै हामीले विद्यार्थीहरुलाई अष्ट्रेलियाका लागि परामर्श सेवा तथा भिसा प्रक्रियामा सहयोग गर्दै आएका छौं । हाम्रोमा अनुभवी र दक्ष काउन्सिलरहरु हुनुहुन्छ । यूके र क्यानडाका लागि हामी सर्टिफाइड छौं । आइएलटिएस तयारी गर्ने विद्यार्थीहरुका लागि हामीसँग लाइब्रेरीको सुविधा छ । मक टेष्ट पनि गरिन्छ । विद्यार्थीलाई जतिसुकै बेला गाइडेन्स गरिन्छ भने आवश्यकता अनुसार निःशुल्क परामर्श तथा आवश्यक सेवा प्रदान गर्दै आइरहेका छौं ।

beacon



बिकन प्रिमियर इन्टरनेसनल एजुकेशनमा विहान ७ बजेदेखि बेलुका ६ बजेसम्मै कक्षा सञ्चालन भइरहेका छन् । न्यूजिल्याण्ड, अष्ट्रेलिया लगायतका देशहरुमा श्रीमान, श्रीमती मध्ये कुनै एक ती देशमा जानुभयो भने पछि डिपेन्डेन्ट भिसामा आफ्नो लाइफ पार्टनरलाई लैजान सक्ने व्यवस्था छ । त्यसका लागि बि कन प्रिमियर इन्टरनेसनल एजुकेशनले आफ्नै वकिलहरु राखेको छ । लाइसेन्स इमिग्रेसन एडभाइजर (वकिल) राखेर डिपेन्डेन्ट प्रोसेसमा जाने विद्यार्थीहरुलाई सहजीकरण गर्दै आइरहेका छौं ।छ


हामीले विद्यार्थीलाई वैदेशिक शिक्षाबारे परामर्श दिने सर्टि्फिकेट र मान्यता स्वदेश तथा विदेशबाट पाएका छौं । यो त्यत्तिकै पाएका होइनौं । हामीले दिएको गुणस्तरीय सेवाबाट विद्यार्थी र उनीहरुका अभिभावकहरु सन्तुष्ट हुनुहुन्छ भन्ने प्रमाणित भएकै कारण प्राप्त भएको हो । हामीलाई विद्यार्थी र अभिभावकहरुले धेरै विश्वास गर्नुहुन्छ । हामी नेपालकै उत्कृष्ट परामर्श दाताका रुपमा दर्ज भइसकेका छौं ।


विद्यार्थीहरुलाई हामी हचुवाको भरमा परामर्श गर्दैनौं । विद्यार्थीको परिवारको अवस्था के हो ? उसको परिवारको आर्थिक अवस्था कस्तो छ ? उसको पढाई कस्तो छ ? र विद्यार्थीको इच्छा र चाहनालाई मध्यनजर गरेर हामी काउन्सिलिङ गर्छौं । हामी विद्यार्थीले जान चाहेको देशमा भिसा प्रक्रिया कस्तो छ ? सम्बन्धित देशको शिक्षा प्रणाली, शिक्षा नीति कस्तो छ ? र त्यहाँ गएपछि अवसर र चुनौतिहरु के हो ? भन्ने आधार मानेर विद्यार्थी र तिनका अभिभावकहरुलाई काउन्सिलिङ गर्छौं । कतिपय देशमा हचुवाको भरमा विद्यार्थी पठाउँदा अलपत्र परेको, पढ्ने कलेज नै बन्द भएर फर्कनु परेको लगायतका समस्या भोगेको जस्ता कुराहरु सुन्नुपर्दा नराम्रो लाग्छ । त्यसैले हामी जिम्मेवार शैक्षिक परामर्श दातृ संस्थाको हिसाबले, सचेत व्यवसायी तथा दशक लामो अनुभवका कारण पनि उत्कृष्ट सेवा र परामर्श दिइरहेका छौं ।



बि कन न्यूजिल्याण्ड, क्यानडा, युके लगायतका देशका लागि हामी सर्टिफाइड छौं भने अष्ट्रेलियाको लागि आधिकारिक कन्सल्टेन्ट हौं । हामी पूर्ण रुपमा विद्यार्थीको भविष्यमा केन्द्रित रहेर सेवा दिन्छौं । नतिजा पनि उत्कृष्ट भएकाले अभिभावक र विद्यार्थीको विश्वास पनि जित्न सफल छौं । सोही कारण आगामी दिनमा पनि विद्यार्थीले बेकन रोज्नुहुनेमा हामी विश्वस्त छौं ।

Executive Director Mr. Rudra Prasad Aryal
Beacon Premier International Education Pvt. Ltd.
Source: www.gandaknews.com Published on 10/03/2020