‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’ भव्य रुपमा सम्पन्न

पोखराको सिद्धार्थचोकमा कार्यालय रहेको बिकन एजुकेसन एण्ड भिसा सर्भिसेजले ‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’ भव्य रुपमा सम्पन्न गरेको छ । संस्थाको १२ औं स्थापना दिवसको अवसरमा बैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी र तीनका अभिभावकहरुलाई लक्षित गर्दै गरिएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रममा कक्षा १२ उत्तिर्ण वा त्यस भन्दा माथि अध्ययनरत विद्यार्थी, तीनका अभिभावक लगायतको उल्लेख्य सहभागिता रहेको संस्थाका कार्यकारी निर्देशक रुद्रप्रसाद अर्यालले जानकारी दिए । उनले सहभागि र सहयोगी सबैलाई धन्यवाद तथा आभार व्यक्त गरे । कार्यक्रमको उदघाटन नेपाल शैक्षिक परामर्श सघ (इक्यान) केन्द्रिय अध्यक्ष्य प्रकाश पान्डे ले गरेका थिए ।

सिद्धार्थचोकस्थित बिकनको आफ्नै भवनमा भएको कार्यक्रम पूर्वाह्न ९ बजेदेखि अपराह्न ५ बजेसम्म भएको थियो । कार्यक्रममा अष्ट्रेलिया, न्यूजिल्याण्ड, युके र क्यानडाका विश्वविद्यालयका २० भन्दा बढी कलेजका आधिकारिक प्रतिनिधि सहभागि भए । उनीहरुले बैदेशिक शिक्षाको महत्व, ती कलेजहरुमा अध्यापन हुने विषय, त्यसको भविष्यसँगै ती देशहरुमा जानका लागि हुने भिसा प्रक्रिया र अप्नाउनुपर्ने सतर्कता लगायतका विषयमा निःशुल्क परामर्श दिएको कार्यकारी निर्देशक अर्यालले बताए ।

‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’ नाम दिइएको कार्यक्रममा पूर्वाह्न १० बजेदेखि १ बजेसम्म २ वटा विशेष सेसन चलेको थियो । पहिलो सेसनमा सम्बन्धित विशेषज्ञले आयल्ट्समा कसरी धेरै भन्दा धेरै स्कोर ल्याउने भन्ने विषयमा टिप्स एण्ड ट्रिक्स सिकाए भने दोश्रो सेसन बैदेशिक शिक्षा सम्बन्धी सेसन भएको थियो । जसमा विषय विशेषज्ञले नोभल कोरोना भाइरस (कोभिड–१९) पछि बैदेशिक शिक्षाको अवस्था, ती देशमा रहेका विद्यार्थीहरुको अवस्था, कुन देशमा कस्ता विद्यार्थी जाँदा राम्रो, ती देशमा कसरी जाने ? त्यसका लागि गर्नुपर्ने भिसा प्रक्रियालगायतका बारेमा प्रष्ट्याइएको उनको भनाई छ ।

कार्यक्रमको बैंकिङ पार्टनरको रुपमा नविल बैंक र एनसीसी बैंक रहेको थियो । कार्यक्रममा ती बैंकहरुले बैदेशिक शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई दिने शैक्षिक कर्जाको प्रक्रियाका बारेमा परामर्श दिएको उनले जानकारी दिए ।

‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’मा सहभागि २ सय भन्दा बढी विद्यार्थी तथा अभिभावकहरुलाई बिकनले विशेष गिफ्टसमेत दिएको थियो । शुरुमा आउने विद्यार्थी तथा अभिभावकहरुलाई प्राथमिकताका आधारमा उपहार दिइएको उनले बताए ।

वान अप इभेन्ट म्यानेजमेन्ट प्रालिको ब्यबस्थापनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Published on 21 March, 2021 Everestawaj.com